
जनकपुरको मिट क्याम्पसको स्कूल बसले ठक्कर दिँदा पुरुषको घटनास्थलमै मृत्यू भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका परिकौली चौकमा मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी एम.आई.टि. जनकपुर को बा २ क १५३६ नम्बर को बस जनकपुर बाट जलेश्वर जाने क्रममा मोटरसाइकललाई ठक्कर दिदा परिकौली निवासी ३५ वर्षिय सन्तोष यादवको घटनास्थल मैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यादवको मृत्यु भएपछि स्थानियले सड़क जाम गरेका छन । दिउँसो १२ बजेदेखि नै जनकपुर–जलेश्वर सडकखण्डमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरिरहेको छ । सडक जामको कारण जनकपुर र जलेश्वरबाट चल्ने सवारी साधनहरु सडकमै ठप्प भएको छ ।