अपडेट 
२०८० भाद्र ८, शुक्रबार ०७:१३

धनुषामा जग्गा जमिनको कित्ताकाट सुरु भएको छ ।

केही जिल्लाहरुमा यसअघि नै खुल्ला गरिएपनि धनुषामा विहीबारदेखि कित्ताकाट सुरु भएको छ । भूउपयोग नियमावली २०७९ र भूउपयोग नियमावली (पहिलो संशोधन) २०८० बमोजिम विभिन्न क्षेत्रलाई मापदण्डभित्र राखी जग्गा जमिनको कित्ताकाट सुरु गरिएको छ । यस अन्तर्गत कृषि खेती क्षेत्रको जग्गाको कित्ताकाटका लागि कम्तीमा ६७५ वर्गमिटर हुनुपर्ने नियम लागु हुनेछ । यस्तै, घर बनाउन वा व्यावसायिक क्षेत्रका लागि कित्ताकाट गर्नुपरेमा कम्तीमा १३० वर्गमिटरको क्षेत्रफल अनिवार्य हुनुपर्ने नियम राखिएको छ । स्थानीय तहले निर्धारण गर्ने गरी सडक बाटोमा पर्ने जग्गा जमिनको कित्ताकाट गर्न कम्तीमा ८० बर्गमिटर क्षेत्रफल अनिवार्य भए मात्र कित्ताकाट हुने भएको छ ।

भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागमा पर्ने नापी कार्यालय धनुषा जनकपुरले विहीबार एक सूचना जारी गर्दै जग्गा जमिनको कित्ताकाट सुरु भएको जानकारी दिएको छ । यसका साथै, अंशवण्डा, अंश भर्पाई, मोही र जग्गाधनीबीच जग्गाको बाँडफाँट र वर्गीकरण नभएको क्षेत्रमा नियमावली बमोजिम कित्ताकाट हुने जनाइएको छ ।

 

Comment


Related News

Latest News

Trending News