अपडेट 
२०८० भाद्र ८, शुक्रबार ०७:१६

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं–१ मंगलपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व आउँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय बिमला कुमारी बिमलिको मृत्यु भएको छ । ट्रकको ठक्करबाट घाइते भएकी विमलिलाई चालकले जानी जानि गाडी पछाडी ब्याक गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका छन । ठक्कर दिने ट्रकका चालक फरार रहेका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको दमकल समेत आक्रोशित स्थानीयले तोडफोड गरी क्षति पु¥याएको छ । आक्रोशित स्थानीयले दमकलमा ढुङ्गा प्रहार गर्दा दमकलको अगाडिको सिसा पूर्णरूपले फुटेको छ भने दमकल चालक कुमार बस्नेत समेत सामान्य घाइते भएका छन् ।

Comment


Related News