अपडेट 
२०८० भाद्र ८, शुक्रबार ०७:२६

आरती साह मृत्यु प्रकरणको छानबिन गर्नका लागि नेपाल प्रहरीले गठन गरेको विशेष छानबिन समितिको टोलीले छानबिन सुरु गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानबिन समितिले आरती मृत्यु प्रकरणका विषयमा सूक्षम अनुसन्धान सुरु गरेको छ । आरती मृत्यु प्रकरणमा छानबिन गर्नका लागि बनेको छानबिन समितिले मृत्यु भएको घटना स्थल, मृतकका माईती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकीहरूसँग, ईन्सेक र आरेक नेपाल, अभियानी तथा अन्य निकायका पदाधिकारीहरूसँग जानकारी लिन सुरु गरेको छ । समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल सहितको टोली घटनाबारे चासो राख्ने अधिकारकर्मीहरुसंग समेत सोधपुक्ष गरेको छ ।

आरती साहका आमा बुबा, बहिनी तथा भाइसहितका आफन्तहरू घटनाको निष्पक्ष छानबिनको माग गर्दे काठमाण्डुको माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका छन् । माइती पक्षले आरतीको हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ । मृतकका ससुराली पक्षले आरती साह आफै आत्महत्या गरेको दावी गर्दैआएका छन् । प्रहरीले आरतीका ससुराली पक्षका ससुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो पटक काठमाण्डुमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले बढी चर्चा पाएको थियो र नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News