अपडेट 
२०८० भाद्र ८, शुक्रबार १५:०१

सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् ।

जिल्लाको सीमा क्षेत्रका व्यापारीलाई आफू सई भएको भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्दै आएका थिए । उनलाई भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतबाट नेपालतर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

Comment


Related News