अपडेट 
२०८० भाद्र ८, शुक्रबार १६:००

मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ ।

आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महताे र सीता राना मगरले १/१ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्याे । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहँदै फाइनलमा पुगेकाे छ । मलेसियाले पनि ४ अङ्क जाेडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भाेलि शनिवार हुनेछ । भाेलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेकाे कुवेतबीच तेस्राे र चाैथाे स्थानका लागि खेल हुनेछ ।

Comment


Related News

Latest News

Trending News