अपडेट 
२०८० भाद्र ९, शनिबार ०७:२१

जनकपुर अञ्चल ईटा उद्योग व्यवसायी संघको अध्यक्षमा बिनय कुमार यादव चयन भएका छन । उनी नगराइन नगरपालिकाका मेयरसमेत रहेका छन ।

संघको शुक्रवार सम्पन्न २१ औं अधिवेशनले यादवको नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको छ । संघको १९ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लियाकत हुसेन, उपाध्यक्षद्वयमा नवल किशोर साह र अरुण कुमार यादव, महासचिवमा लालबहादुर साह, सचिवमा मनोज कुमार मण्डल, सह–सचिवमा राकेश नायक, कोषाध्यक्षमा विजय कुमार साह र सह कोषाध्यक्षमा शंकर यादव चयन भएको निर्वाचन अधिकृत दीपेन्द्र साहले जानकारी दिए ।

यस अघि उदघाटन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष महेन्द्रबहादुर चित्रकारले सरकारको गलत नीतिका कारण ईटा व्यवसाय धरापमा परेको र डूब्न लागेको बताए । अध्यक्ष चित्रकारले ईटा उद्योग व्यवसायलाई उद्योग कम्पनी अन्तर्गत राख्न पटक पटक माग गर्दै आए पनि सरकारले त्यसो नगरेका कारण व्यवसाय फस्टाउन नसकेको बताए । उनले भुइँचालो र त्यसपछि कोरोनाको चपेटाबाट ईटा उद्योग व्यवसायमा गम्भीर असर परेकाले ईटा व्यवसायीलाई बचाउन सरकारले नयाँ नीति ल्याउन दबाव दिदै आएको जानकारी दिए । देशमा परेको आर्थिक संकटको असर ईटा व्यवसायमा प्रत्यक्ष परेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पनि ईटा व्यवसायीलाई बचाउने नीति ल्याउनु पर्ने सुझाव दिएका थिए । उद्योग व्यवसायीको विकास हुनाले राजश्व पनि वढ्ने कुरा समेत बुझेर सरकारले नयाँ नीति ल्याउनुपर्ने उनले बताए । अध्यक्षमा चयन भएपछि यादवले आपूm विश्राम लिन चाहे पनि साथीहरुले नमानेपछि अध्यक्ष पद स्वीकार गरेको बताए । उनले आफू ईटा व्यवसायी भएकै कारण आज मेयर बन्न सफल भएको जिकिर गरे । वातावरणका लागि अनुकूल नभएपनि पहाडबाट ढुङ्गा उत्खनन गरी नालाको काम गरिन्छ, कमिसन धेरै नहुने भएकाले ईटा प्रयोग गरिदैन उनले भने, ‘सबै मिलेर अधिकारका लागि नलडे पेशा जोखिममा पर्नेछ ।’

कार्यक्रममा वक्ताहरुले सरकारवाट हुने निर्माण कार्यमा ईटाको न्यून प्रयोग हुन थालेकोमा चिन्ता व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News