अपडेट 
२०८० भाद्र ९, शनिबार ०७:२६

पर्यावरणको संरक्षण तथा योग सिकाउने उद्देश्यले भारतको कर्नाटक राज्यको मैसुर जिल्लाबाट पैदल यात्रा थालेका कृष्णा नायक मैसुर १० महिनापछि जनकपुरधाम आइपुगेका छन् ।

नायक भारतको कर्नाटक, तिलंगना, महाराष्ट्र, वेस्ट बंगाल, छतिसगढ, बिहार लगायत भारतका ११ वटा राज्य र नेपालको राजधानी काठमाण्डुको पैदल यात्रा पूरा गरी बुधवार जनकपुरधाम आइपुगेका थिए । खुट्टामा जुत्ता, पछाडिपट्टि झोला र त्यसमा नेपाल र भारतको झण्डा बोकेर पैदल यात्रा गर्ने नायक जनकपुरका विभिन्न योग भवन तथा विद्यालयहरुमा गएर पर्यावरण संरक्षण तथा योग शिक्षाका बारेमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणमा जनचेतना जगाउने काम गरिरहेका छन् ।

विहीवार जनकपुरधामस्थित श्री संकट मोचन माविमा पुगेर नायकले विद्यार्थीहरुलाई पर्यावरण संरक्षणको महत्व र यसको आवश्यकताको विषयमा जनचेतना जगाएका थिए । त्यसैगरी, विद्यार्थीहरुलाई योग समेत सिकाएका थिए । अहिलेसम्म ६ हजार किलोमिटर पैदल यात्रा गरेका नायक भन्छन्,‘ मेरो यात्रा अझै सकेको छैन, जनकपुरधामबाट असम राज्य पुगेर फेरि भारतको बाँकी राज्यहरुमा पैदल यात्रा गरेर पर्यावरण र योगको वारेमा जनचेतना फैलाउँछु । यो कार्यका लागि अझै डेढदेखि दुई वर्ष सम्म लाग्न सक्छ ।’ पेशाले योगका अन्तर्राष्ट्रिय गुरु हुन् नायक । यात्राको दौरान नेपालीहरुबाट धैरै माया पाएको उनले सुनाए ।

कोभिड–१९ को बेलामा पर्यावरण र योगको महत्व बुझेर यसलाई विश्वव्यापी रुपमा जनचेतना जगाउनु पर्छ भनेर उनले मन बनाएका थिए । मध्यमवर्गीय परिवारमा जन्मेका नायकलाई लामो समयसम्म पदैल यात्रा कसरी गर्ने चिन्ता थियो ? स्वास्थ्यले साथ देला कि नदेला भनेर उनी कर्नाटकमै केही समय पैदल यात्राको अभ्यास गरेका थिए । उनी भन्छन,‘ धेरै दिनसम्म कर्नाटकमै पैदल यात्राको अभ्यास गरे । सुरुमा धैरै समयसम्म पैदल यात्रा गर्दा स्वास्थ्यमा सामान्य समस्या देखिन्थ्यो । तर त्यसलाई निरन्तरता दिदै गएपछि शरीरमा एक प्रकारको उर्जा थपिदै गयो । अन्ततः पैदल यात्रा गर्ने धोकोलाई साकार गर्ने कार्य सुरु भयो ।’

बढ्दो औद्योगिकरण र जनघनत्वले बोटविरुवाहरुको दैनिक विनास हुदै गएको छ । वन फडानी बढिरहेको छ । यसरी बढ्दै गएको वन फडानीले पर्यावरणमा ठुलो क्षति ल्याउछन, उनी भन्छन,‘ त्यसकारण मैले अनावश्यक वन फडानीलाई निरुत्साहित गरी सबैले आफ्नो स्तरबाट वृक्षरोपणमा ध्यान दिनुपर्छ भनेर मैलै यो लामो पैदल यात्रा सुरु गरेको हु ।’

Comment


Related News

Latest News

Trending News