अपडेट 
२०८० भाद्र ९, शनिबार १७:१८

धनुषा प्रहरीले अवैध रुपमा बालुवा उत्खनन् गर्ने एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

शनिबार करिब पौने १२ बजेको समयमा इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका ४ स्थित चारनाथ खोलामा अबैध रुपमा उत्खन्न गर्दै गरेको अबस्थामा प्रदेश २ को ८६४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News