अपडेट 
२०८० भाद्र १०, आईतवार ०७:२९

नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधानको भावना अनुसार सङ्घीयतालाई मजबुत बनाउनमा कहीं कतैबाट कन्जुस्याइँ गर्न नहुने बताएका छन ।

महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा नेता निधिले विगतका आन्दोलनमा अभिव्यक्त भएका जनचाहना पूरा गर्न स्थानीय तहलाई मजबुत बनाउन जरुरी रहेको बताए । उनले काँग्रेस र मधेश एक अर्काको पूरक भएको भन्दै मधेशमा काँग्रेस बलियो भयो भने मधेश बलियो हुने भएकाले काँग्रेसलाई बलियो बनाउन युवाहरूसँग आग्रह गरे । नेता निधिले जनकपुरधामको विकासका लागि आवश्यक पर्ने सडक, रेल तथा हवाई सेवाको विकास र विस्तार भएकाले अब जनकपुरधामको आर्थिक विकासको काममा अग्रसर हुन युवाहरूलाई अनुरोध गने ।

महावीर युवा कमिटीका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह सहितका वक्ताहरूले युवा क्लबका कामको प्रशंसा गरेका थिए । कमिटीका नयाँ अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा ११ सदस्यीय निर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ ।

Comment


Related News

Latest News

Trending News