अपडेट 
२०८० भाद्र १०, आईतवार १५:१५

बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे । कार्यालयले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेकाे हाे । यस्तै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रविन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता भएकाे छ ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले सरकारी किर्ते र सङ्गठित अपराधमा अनुसन्धान गरे पनि सरकरी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरेको हो ।

Comment


Related News

Latest News

Trending News