अपडेट 
२०८० भाद्र १०, आईतवार १५:२०

गत महिना नै बासमती बाहेकका चामलमा प्रतिबन्ध लगाएको भारतले अहिले उसिनेको चामल निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएको छ। तत्काल कार्यान्वयनमा आउने गरी गत शुक्रबार यस्तो शुल्क लगाइएको हो।

अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य १२ वर्षयताकै उच्च भइरहेको अहिलेको समयमा भारतले लगाएको यो शुल्कले थप मूल्य बढ्ने आशंका गरिएको छ।

भारतमै चामलको खुद्रा मूल्य गत वर्षको तुलनामा १०.६३ प्रतिशतले वृद्धि भइसकेको छ। चामलको मूल्य घटाउन भारतले खुला बजार बिक्री स्किम नै सञ्चालन गरिरहेको छ।

गत महिना पनि भारतले बासमती बाहेकको सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अघिल्लो वर्ष कनिकामा यस्तै प्रतिबन्ध लगाएको थियो। सन् २०२२ मा भारतले ७४ लाख टन उसिनेको चामल निर्यात गरेको थियो।

विश्वभर हुने चामल निर्यातमा भारतको हिस्सा ४० प्रतिशत रहेको छ।

Comment


Related News

Latest News

Trending News