अपडेट 
२०८० भाद्र ११, सोमबार ०७:३९

इलाका प्रहरी कार्यालय बरहथवाले सर्लाहीबाट स्ववियु सभापतिको स्थानमा परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

स्नातक तहअन्तर्गत मानविकी शास्त्र विषयको परीक्षा दिइरहेको अवस्थामा आइतबार बरहथवा नगरपालिका–७ मा रहेको शुभ जनता बहुमुखी क्याम्पस परीक्षा सेन्टरबाट २० वर्षीय विष्णु कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हरिवनमा रहेको चतुर्भुजेश्वर बहुमुखी क्याम्पसमा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिमा निर्वाचित भएका प्रेमराज दहालको स्थानमा परीक्षा दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ ।

परीक्षार्थी सिम्बल नं. ६०२३२३३३८ भएका प्रेमराज दहालको परीक्षा दिइरहेको अवस्थामा हरिवन नगरपालिका वडा नं. १ का २० वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी लिलाराज लामिछानेले बताए ।

Comment


Related News

Latest News

Trending News