
सिरहामा बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ ।
सिरहाको सर्रे खोलाको बाढीले बगाउँदा लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादवको मृत्यु भएको छ ।
शनिबार बाढीले बगाएको यादवको शव नहरा -भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादव शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।