अपडेट 
२०८० भाद्र १२, मंगलवार ०७:३६

प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको सोमबार निधन भएको छ ।

उनको सोमबार सांझ ८ः१० बजे मैक्स अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विगत १४ महिनादेखि बिरामी रहेको नेपाली २०७९ कार्तिक–२२ गते देखि पूर्ण रुपलेओछ्यानमै थला परेका थिए । यस अघि उनी भारतको दिल्ली स्थित विभिन्न अस्पलाहमा उपचार गराएका उनका पुत्र राघवेन्द्र प्रसाद साहले जानकारी दिए ।

उनी प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका २००७ सालका अथक योद्धा, नेपाली पत्रकारिताका स्वतन्त्र सैनानी, साहित्य स्रष्टा, इतिहासविद, गूगल म्यान, क्रान्तिवीर अभिनन्दनीय व्यक्तित्व थिए ।

Comment


Related News

Latest News

Trending News