अपडेट 
२०८० भाद्र १२, मंगलवार १२:४४

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र सफल नहुने बताउनुभएको छ ।

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा उहाले गठबन्धन तोड्ने धेरै कसरत भइरहेको भन्दै उक्त कसरत सफल नहुने बताउनुभएको हो । गठबन्धन तोड्न खोज्नेहरु आफै जनताको नजरमा गिदै जाने उहाले बताउनुभयो । प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने जिकिर गर्नुभयो । देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरूवात गरिएको भन्दै प्रचण्डले थप तीव्रता दिएर अघि बढ्ने धारणा राख्नुभयो । उहाले भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेकै कारण घेराबन्दीका साथै अनेकौँ कुप्रचार गरिएको बताउनुभयो । सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उहाँले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताउनुभयो ।

त्यस्तै उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाले पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News