अपडेट 
२०८० भाद्र १३, बुधबार ०८:१०

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको अन्त्येष्टि गरिएको छ ।

सोमबार बेलुका जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएका नेपालीको शव नगरदर्शनपश्चात नजिकैको दुधमति नदीमा मंगलबार अन्त्येष्टि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका—२३ स्थित नेपालीको निवास (बेला गाउँ) बाट जनपुरधामको जिरोमाईल, रामानन्द चोक, जानकी मन्दिर, जनकचोक, रामचोक, पत्रकार महासंघ, मुरलीचोक हुँदै निवास छेउ दुधमति नदी पुल किनारमा हिन्दु परम्पराअनुसार नेपालीका छोरा राघवेन्द्र प्रसाद साहले दागवत्ती दिइ अन्त्येष्टि गरिएको छ ।

यसअघि मधेश प्रदेशका मुख्यन्त्री सरोजकुमार यादवलगायत प्रदेश सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसदहरुले नेपालीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रोस्टेड क्यान्सरबाट ग्रस्त नेपाली विगत डेढ वर्षदेखि थला परेका थिए । त्यसअघि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उनको उपचार गरिएको थियो । विसं २०२०/२१ तिर राष्ट्रिय समाचार समितिको धनुषा जिल्ला संवाददाता र पछि विभिन्न पत्रपत्रिकामा काम गरेका नेपालीको २०४० सालदेखि लोकमत साप्ताहिक पत्रिका प्रकाशित भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News