अपडेट 
२०८० भाद्र १५, शुक्रबार १०:५३

उच्च शिक्षा हाशिल गर्न चाह्ने विद्यार्थीहरुकालागि भारतको केएन मोदी युनिभर्सिटीले जनकपुरधाममा शैक्षिक सेमिनार सम्पन्न गरेको छ ।
नेपाली विद्यार्थीहरुका लागि सहज र उत्कृष्ट गन्तव्यको रुपमा भारत रहँदै आएको छ । त्यसलाई नै मध्यनजर गरी भारतको केएन मोदी युनभर्सिटीले वर्षेणी शैक्षिक सेमिनारको आयोजना गर्दै आईरहेको छ ।
सेमिनारमा विद्यार्थीहरुलाई युनिभर्सिटी र त्यहाँ पढाई हुने कोर्सहरुको विषयमा जानकारी गराईएको थियो । केएन मोदी युनिभर्सिटीमा डिप्लोमादेखि विद्यावारिधीसम्मको शिक्षा हासिल गर्नका लागि नेपाली विद्यार्थी पुग्ने गरेको नेपालका लागि सो युनिभर्सिटीका प्रतिनिधि सरस्वती सिंहले जानकारी दिए ।
केएन मोदी युनिभर्सिटीमा डिप्लोमा इन इन्जिनियरिंग, बीटेक, एमटेक, एलएलबी, बिएएलएलबी, बिएससी, बिसिए, बिबिए, एमबिए, एमएससी, पिएचडी लगायतका दर्जनौ कोर्समा नेपाली विद्यार्थीहरुलाई भर्ना गरिदै आईरहेको छ ।
सेमिनार कार्यक्रममा जनकपुरधामकै लेक्चररहरु शम्भु पोखरेल, राजकिशोर साह, विनय यादव, काठमाडौँको सनसाइन कलेजका आइटी हेड कुमार प्रशान्त सिंह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News