अपडेट 
२०८० भाद्र १५, शुक्रबार १५:०५

सप्तरीमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रवार सप्तरीको शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ आयल ट्रेड सेन्टर छेउमा पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा१५च ९००३ नम्बरको कारले बिपरित दिशाबाट आउदै गरेको स६प २१८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कारको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै डाक्नेश्वरी नगरपालिका ८ बस्ने ४६ वर्षीय पुरनधर चौधरीको मृत्युु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

ठक्करबाट घाईते भएका चौधरीलाई उपचारको लागि युनिक अस्पताल रुपनी ल्याई उपचार सुरु गरेकोमा उनको मृत्युु भएको हो ।

यता, कार चालक मोरङको विराटनगर उ.म.न.पा.११ बस्ने ४५ वर्षीय छत्र प्रसाद लुईटेललाई कार सहित नियन्त्रणमा लिई जि.प्र.का. सप्तरीमा ल्याई थप अनुसन्धान कार्य जारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News