अपडेट 
२०८० भाद्र १६, शनिबार ०८:२५

नेपाल रेल्वेको जयनगर स्टेशनमा सर्वसाधारणलाई टिकटकोलागि सास्ती खेप्नु परेको छ । जयनगरमा एउटा मात्रै टिकट काउण्टर रहेका कारण सर्वसाधारणलाई समस्या भोग्नु परेको छ भने तस्करहरुलाई व्लैकमा रेल्वेकै कर्मचारीहरु टिकट उपलव्ध गराउँदै आएका छन् ।

एकातिर रेल्वे घाटामा चलि रहेको भने रेल्वेकै कर्मचारीहरु टिकट तस्करहरुलाई बढी पैसा लिएर बेच्ने गरेका कारण सर्वसाधारण आक्रोशित समेत देखिएका छन् । नेपाल रेल्वेमा ढुवानी बुगि सञ्चालन गर्न पटक पटक माग गरिएपनि रेल्वे कम्पनी त्यस तिर कुनै चासो नलिएको स्थानीय व्यवसायीहरुको गुनासो छ । तस्करहरुलाई टिकट बेच्दा त्यसवाट प्रवन्धकलाई समेत कमिसन आउने गरेको स्रोतको भनाइ छ ।

जनकपुरधामका व्यवसायी तथा स्थानीय सरकारहरुले पटक पटक कार्गो जडान गर्न आग्रह गर्दा बजेट अभावको बाहाना बनाउने कम्पनीले एउटा इन्जनलाईनै पटक पटक गरी सञ्चालन गर्ने तर, रेल्वेलाई चुस्त दुरुस्त र फाइदामूलक बनाउन नसकेको गुनासो यहाँका व्यवसायीहरुको रहेको छ ।

जनकपुरधामका एक व्यवसायीले कम्पनी टिकट व्लैकमा बेच्न लागेको छ त्यसमै फाइदा छ कार्गो रेल्वे सञ्चालन गर्नुतिर किन ध्यान दिनु पर्यो ? हुनत जयनगर रेल्वे स्टेशनमा कस्टम खडा गरिएको छ तर, तस्करहरुकालागि भने चोर बाटो धेरै छ उनीहरु कर्मचारीलाई मिलाएर राखेका छन् टिकट पाएर जसरी पनि रेल्वेमा चढेपछि नेपाली प्रहरी सेटिङ्गमै रहने गरेकाका छन् जसरी पनि रेल्वेमा चढ्ने बातावरण मिलाउन कर्मचारीलाई मिलाएर रेल्वेका टिकट लिने गरेका हुन्छन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको जनकपुरधाम जोड्ने रेल्वे खण्डको समुद्घाटन गरेपछि ३५ किलोमिटर रेल सञ्चालनमा आएको थियो । हुनत जयनगरबाट बर्दिबास सम्म ६९ किलोमिटर रेल खण्ड रहेको छ तर जनकपुरधामबाट जयनगर सम्मको यात्रा गर्न सय रुपैयाँको हराहारीमा लाग्ने गरेको छ ।

यस अन्तर्देशीय रेल सञ्जालले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा योगदान पु¥याउने, भारतसँग नेपालको सांस्कृतिक, धार्मिक र पारिवारिक सम्बन्ध प्रगाढ बन्ने आशा गरिएको थियो । विश्व सम्पदा सूचीमा रहेको जनकपुरधाममा भारतीय पर्यटन वृद्धिका लागि पनि यस रेल सञ्जालले आवश्यक भूमिका निर्वाह गर्नुका साथै नेपाल र भारतबीचको व्यापार तथा व्यवसाय विस्तारमा योगदान पु¥याउने बताइएको भएपनि रेलले आर्थिक समृद्धिकालागि खासै परिवर्तन ल्याउन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News