अपडेट 
२०८० भाद्र १६, शनिबार ०८:३१

रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव सवार गाडी बिहीबार राति दुर्घटनामा परेको छ ।

रौतहटबाट मधेश प्रदेशको राजधानी जनकपुर जाँदै गरेको अवस्थामा नगरपालिकाको ना १ झ १६६७ नम्बरको गाडी जनकपुरधाम उपमहानगरपालिका–१४ बाबा पेट्रोल पम्प नजिक दुर्घटना हुँदा मेयर यादवसहित गाडीमा सवार अन्य चार जना घाइते भएका छन् । बिहीवार राति करिव ११ बजेको समयमा भएको दुर्घटनामा माधवनारायणका मेयर बैजु भन्ने बैजनाथ प्रसाद यादव, हरिनारायण यादव, रामयाद राय सहित चार जना घाइते भएका छन् ।

तीव्र गतिमा जाँदै गरेको गाडी एक्कासी सडकबाट नहरमा खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै धनुषा प्रहरीले उनीहरुलाई उद्दार गरेको थियो । गाडी रोडबाट नहरमा खसेको कारण गाडीमा समेत क्षति पुगेको छ । दुर्घटनामा परेका चारै जनाको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । घाइते मेयर यादव सहित चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र उनीहरुको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाडी कसरी दुर्घटना भयो र मेयर यादव नगरपालिकाको कि आफना कुनै व्यक्तिगत कामले जनकपुर आउँदै थिए भन्ने विषयमा थाहा नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News