अपडेट 
२०८० भाद्र १७, आईतवार ०८:३०

भारतका ख्याति प्राप्त शास्त्रार्थी एवं लालासर साथरी बिकानेरका महन्त सच्चिदानन्द आचार्य महाराज जनकपुरधाम आउन लागेका छन् ।

सनातन धर्म र विभिन्न धर्मग्रन्थहरुको मर्मज्ञ आचार्यले तीन दिनसम्म जनकपुरधाम र वरिपरिका धार्मिक स्थलको भ्रमण गर्ने छन् । सो क्रममा उनी तीन दिन दिउँसो मारवाडी सेवा समितिको सभाहलमा प्रवचन दिने छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको अध्यक्षतामा शनिवार बसेको सर्वपक्षीय बैठकले आचार्यको स्वागत लगायत भ्रमण र प्रवचनको व्यवस्थापन गर्ने निर्णय गरेको छ । आचार्यले सनातन धर्म लगायतका विषयहरुमा आम सहभागीहरुको जिज्ञासाको समाधान समेत प्रवचनको क्रममा बताउने जनाइएको छ । उनी भारतमा शास्त्रार्थका लािग प्रसिद्ध छन् ।

बैठकमा मनरा सिसवा नगरपालिका महोत्तरीका मेयर मोहन कुमार पाण्डेय, समाजसेवी अमरचन्द्र अनिल, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेशप्रसाद सिंह, युवा समाजसेवी प्रमोद चौधरी, जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १६ का वडा अध्यक्ष रामचन्द्र पञ्जियार, गायत्री परिवारका अमरनाथ गुप्ता, जनकपुरधाम जानकी यातायात प्रा.लि.का अध्यक्ष मनोज कुमार चौधरी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News