अपडेट 
२०८० भाद्र १८, सोमबार ०७:२७

नेपाल रेल्वेको महाप्रवन्धक (जीएम)मा फेरि निरञ्जन झालाई निरन्तरता दिइएको छ ।

दुई वर्षे कार्यकाल भदौ २ गते सकेको महाप्रवन्धक झालाई फेरि रेल्वेको जीएम बनाएर पठाइएको छ । भदौ २ गते देखि जीएमविहीन बनेको नेपाल रेल्वेलाई सञ्चालनमा समेत समस्या खेप्नु परेको थियो ।

साउन १ गते देखि भदौ १५ गते सम्ममा २६ लाख ३४ हजार बढी रकम पेट्रोल पम्पको बाँकी रहँदा रेल्वे सञ्चालनमा समेत यसको असर परेको थियो । कम्पनीले आर्थिक कारोवार गर्ने जिम्मेवारी जीएमलाई मात्रै दिएपछि जीएमविहीन अवस्थामा पेट्रोल पम्प सञ्चालकले रकम भुक्तान नगरे तेल दिन नमानेपछि रेल्वे नै सञ्चालनमा समस्या भएको थियो ।

रेल्वे सञ्चालन नरहेको बेला जीएम भएर आएका झालाई रेल्वे सञ्चालन सम्बन्धी जानकारी राम्रो भएको भन्दै उनलाई फेरि जीएमको जिम्मेवारी आगामी २ वर्षका लागि दिइएको छ ।

Comment


Related News

Latest News

Trending News