अपडेट 
२०८० भाद्र १९, मंगलवार ०७:११

नेपाल ईटा उद्योग महासंघ मधेश प्रदेशको अध्यक्षमा वित्रम साह चयन भएका छन ।

जनकपुरधाममा सोमबार सम्पन्न महासंघको प्रथम अधिवेशन तथा साधारणसभाबाट अध्यक्ष साहसहित बाह्र सदस्यीय कार्यसमिति चयन भएको छ । संघको वरिष्ठ उपाध्क्षमा नवल किशोर साह चयन भएका छन भने उपाध्यक्षमा संजय चौधरी चयन भएका छन । त्यस्तै महासचिवमा असोक कुमार जयसवाल, कोषाध्यक्षमा रामबाबू पन्जियार र सदस्यहरुमा जितेन्द्र कुमार चौधरी, गेनालाल प्रसाद, मोहोम्मद मुस्लिम, ओम प्रसाद मैनाली, राम कृपाल यादव, लक्ष्मण यादव र ओम प्रकास यादव चयन भएका छन ।

महासंघको अधिवेशनमा बोल्दै ईटा व्यवसायीहरुले ईटा उद्योगलाई बचाउन प्रदेश सरकारसंग माग गरेका थिए । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले हरेक विकास निर्माणमा ईटा प्रयोगमा जोड दिनुपर्ने माग राखेका थिए ।

Comment


Related News

Latest News

Trending News