अपडेट 
२०८० भाद्र १९, मंगलवार ०७:१८

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व विभागको कर्मचारी रहेको भन्दै स्थानीय बजारमा व्यवसायीहरुलाई धम्काएर अनुचित असुली गरेको अभियोगमा दुई जना सिंह पक्राउ परेका छन् ।

लाई धनुषा जिल्लाको हँसपुर नगरपालिकाको वडा नम्बर ३ हँसपुर घर भएका पूर्व प्रहरी हबल्दार अनिल कुमार सिंह र सोही वडामा घर भएका राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको छ । अनिल कुमार सिंह पूर्व प्रहरी हवल्दार रहेको र रोहन सिंह जिरोमाइलस्थित एउटा होटेलमा कार्यरक्त रहेको बताइएको छ । व्यवसायीहरुलाई उनीहरुले राजस्व र अख्तियारबाट खटेको भन्दै रकम ठग्ने गरेको सुइको पाएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । स्रोतहरुका अनुसार जिरोमाइल प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पुरानो बजारबाट पक्राउ गरिएको बताइएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले विज्ञप्ति जारीगर्दै प्रहरी कारबाहीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

Comment


Related News

Latest News

Trending News