अपडेट 
२०८० भाद्र १९, मंगलवार ०७:२१

दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्बन्धी मापदण्ड प्रदेश सरकारले ल्याएको छ ।

दुध उत्पादन गर्न व्यवसायिक रुपमा पशुपालन गर्ने फर्मले असल उत्पादन अवलम्बन गर्दै गाईभैंसी तथा बाख्राप्रति हुने निर्दयी व्यवहार रोकेर पशुको उचित व्यवस्थापन तथा विकासका लागि प्रदेश सरकारले मापदण्ड निर्धारण गरी कानुन निर्माण गर्नुका साथै कार्यान्वयनमा ल्याएको छ ।

सोमवार मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धी मिडिया बिफ्रिङ्ग गर्दै दुध उत्पादन गर्ने व्यवसायिक फर्मले अवलम्बन गर्नुपर्ने कल्याण सम्ब्न्धी मापदण्ड २०८० मा रहेको व्यवस्था बारे जानकारी गराएको छ । कार्यक्रममा एनएफएसीका प्रतिनिधि विमल कुमार कर्णले पशुकल्याण ऐन बारे जानकारी गराए ।

त्यस्तै स्नेहाज केयर नेपालका स्नेहा श्रेष्ठले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न छुटै कानुन नभए पनि मुलुकी अपराध संहितामा कारबाही सम्बन्धी व्यवस्था रहेको तर कार्यान्वयनमा आउन नसकेको गुनासो पोखिन । भदौ १ गतेदेखि नै लागु भएको सो मापदण्ड कार्यान्वयनका लागि किसान र सम्बन्धित निकाय सहितका सरोकारवालालाई जानकारी गराउन बिफ्रिङ्ग अघि बढाइएको छ ।

Comment


Related News

Latest News

Trending News