अपडेट 
२०८० भाद्र १९, मंगलवार १२:४९

सुनचाँदीको भाउ आज घटेको छ ।

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News