अपडेट 
२०८० भाद्र १९, मंगलवार १७:१२

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्ध पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।

लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर वीरेन्द्रकुमार यादवलाई दुई लाख रकम र तीन लाख रुपियाँ चेकसहित नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायको मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Comment


Related News

Latest News

Trending News