अपडेट 
२०८० भाद्र २०, बुधबार ०७:५६

विसं २०५३ सालमा जनकपुरधाम उपमहानगरपालिका –८ स्थित जानकी वृद्धा आश्रम स्थापना भइ निरन्तर हालसम्म सञ्चालनमा रहेका छन् । विभिन्न जिल्ला र समुदायका वृद्धाहरुको आश्रय रहेको आश्रमको सरदर क्षमता ५० जना रहेकोमा हाल १८ जना आमाले आश्रय लिइरहेकी छन् ।

सामान्यतः परिवारबाट विभिन्न कारणले विमुख भइ वृद्धा आश्रममा आश्रय लिइ बस्दै आइरहेकी आमाहरुलाई मध्यनजर गर्दै नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमिति मधेश प्रदेशले नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा आवश्यक खाद्य लगायतका दैनिक जीवनमा प्रयोग गर्ने अन्य सामग्रीहरु वितरण गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेश कार्यसमितिका अध्यक्ष राज किशोर राउतले मानव सेवा ठूलो धर्म हो भन्ने भावलाई अंगीकार गर्दै धेरै नभए पनि थोरै सहयोगले पनि आश्रममा रहेकी वृद्ध आमाहरुको लागि उत्प्रेरक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश कार्यसमितिका उपाध्यक्ष मनोज कुमार ठाकुर, सह सचिव विष्णुदेव यादव धनुषा जिल्लाका अध्यक्ष धर्मराज पौडेल, केन्द्रीय कानुन तथा न्याय विभागका सदस्य संजय कुमार अधिकारी, नेपाली काग्रेस धनुषाका युवा नेता सुरेश कोईराला लगायतका युनियनकर्मीहरुको सहभागिता रहेको थियो ।

वृद्ध अवस्थामा समाजले समेत वास्ता नगर्दा वृद्धहरू केवल बाँच्नका लागि मात्र आश्रममा आउने गरेको वृद्धा आश्रममा आश्रय लिइरहेकी आमाहरु बताउँछिन् । आमाहरुको यो क्रन्दनले जसलाई पनि गहभरि आँसु नझरि रोकिदैन ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय संगठन तथा प्रशिक्षण विभागका सदस्य देव कुमार यादवले वृद्धा आश्रममा रहेकी १८ जना वृद्ध आमाहरुको लागि सम्मान स्वरुप १८ किलो स्याउ, ९ किलो दाममोठ, १८ किलो सर्फ, १८ पिस नवरतन तेल, ३६ पिस सावुन, १८ दर्जन विस्कुट, १८ प्यककेट अगरवती समेत गरी ७ प्रकारका खाद्य लगायतका दैनिक प्रयोग हुने सामग्रीहरु वितरण गरेका थिए ।

दवसको अवसरमा भोजन

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम वीरगञ्जमा रहेकाहरुलाई भोजन गराइएको छ ।

कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अशोककुमार रौनियारका प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियनका पर्सा जिल्ला अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा सम्पन्न भएको सो भोजन कार्यक्रममा आश्रममा रहेकाहरुलाई भोजन गराइएको थियो ।

Comment


Related News

Latest News

Trending News