अपडेट 
२०८० भाद्र २०, बुधबार १४:५७

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए । खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा उनी यादवकै भाषण सुन्दै थिए ।

कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए । आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ ।

उनको अवस्था खतरामुक्त रहेको छ ।

 

Comment


Related News

Latest News

Trending News