
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए । आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ ।
उनको अवस्था खतरामुक्त रहेको छ ।