२०८० भाद्र २१, बिहीबार १६:१५

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको निवेदनमाथि बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। 

उच्च अदालत पाटनमा आज हुने भनिएको सुनुवाइ थुनामा परेका आरोपितहरूका कानून व्यवसायीहरूको निवेदनका आधारमा स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरू सुभास पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

Comment

Related News

Latest News

Trending News