अपडेट 
२०८० भाद्र २२, शुक्रबार ०८:२१

धनुषाको मिथिला नगरपालिका–२, बेलाचापी स्थित शतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको अवतरण दिवसको अवसरमा दाइजोमुक्त सामूहिक अन्र्तजातिय विवाह, रक्तदान र विशाल मण्डारा सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन ९जोडीहरुको दाईजो तथा आडम्बर मुक्त सामुहिक अन्र्तजातीय विवाह (रमैणी) गराइएको छ भने सन्त रामपाल जी महाराजका अनुयायीहरुले ७५ युनिट रक्तदान पनि गरेका छन् ।

यस विवाहमा बेहुला अथवा बेहुली कुनै पक्षको एक रुपैयाँ पनि खर्च नहुने र शुद्ध शाकाहारी भोजनको व्यवस्था पनि आश्रम कै तर्फबाट भएको थियो । विश्वभर करोडौंको संख्यामा रहेका उनका अनुयायीहरुले उनको सर्व नियम पालना गर्दै समाजमा व्याप्त सबै किसिमका विकृति तथा समस्याहरुलाई समाप्त गरी सुख शान्ति कायम गर्नु र वास्तविक आध्यात्मिक मार्ग प्रदान गर्नु नै सन्त रामपाल जी महाराजको मुख्य उद्देश्य रहेको कुरा पनि अनुयायीहरुले जनाएका छन् ।

कार्यक्रममा लाखौंको संख्यामा नेपाल भारत लगायत विभिन्न देशहरूबाट श्रद्धालुहरु सहभागी भए भने मधेश प्रदेश सभा सांसद रामबाबु यादव लगायत विभिन्न निकायका उच्च अधिकारी र विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News