
रौतहटको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलमा रहेको रामजानकी मन्दिरका पुजारीमाथि गएराती संघातिक आक्रमण भएको छ ।
बिहिवार राति करिब ११ बजे पुजारी साधु मिश्रीलाल साहलाई अज्ञात व्यक्तिले टाउनकोमा धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।
साधु साहको टाउकोमा गहिरो चोट लागेको छ । पुजारीको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित बागमती हस्पीटलमा भइरहेको जनाइएको छ । टाउकोमा टांका लगाइएको छ भने उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ ।
यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।