
नेपालबाट भारत लगिएकी एक बालिकाको भारतीय एसएसबीले उद्धार गरेको छ ।
मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्रीय मुख्यालय रक्सौल (एसएसबी) ले एक नेपाली बालिकालाइ उद्धार गरेको छ । नेपालकी अञ्जली सिंहलाई प्रेम विवाहको बहानामा पटना लैजान लागेका युवक मोहम्मद वारिस अलीसहितलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ ।
मानव बेचबिखन नियन्त्रण इकाइ एस एस बीका जवानहरुले नेपाली युवती भारतीय मुलुकका युवकसंग गइरहेको शंका लागेपछि अटो रोकी सोधपुछ गर्दा युवतीलाई फसाइएको एसएसबीले जनाएको छ । बालिकाको काउन्सिलिङ गैरसरकारी संस्था किन्तिका नेपाल वीरगन्जले गर्दा फेसबूक र एकजना साथीमार्फत उक्त व्यक्तिले नेपाली युवतीलाई साथी बनाएर ह्वाट्सएपमा कुराकानी सुरु गरेको र तीन दिनमै युवतीलाई आफूसँगै लैजान तयार भएको पाइएको थियो ।
सोधपुछबाट मोहम्मद वारिस अलीको चिनजानकी एक संदिग्ध युवतीको नाम पनि सार्वजनिक भएको छ । जसले युवतीलाई लभ जिहादमा फसाउन मद्दत गर्दै आएकी छन् । युवतीको उद्धारसंगै एसएसबीले मोहम्मद वारिस अलीविरुद्ध किटानी जाहेरी दर्ताका लागि इनरवा प्रहरी चौकी वीरगञ्जले नेपाल प्रहरीलाई बुझाएको छ । उक्त उद्धार कार्यमा मानव बेचबिखन विरोधी इकाइ सेक्टर हेडक्वार्टर, बेतिया कार्यालय, ४७ औं कोर, एस.सी.बी. रक्सौलका इन्स्पेक्टर मनोज कुमार शर्मा, सब इन्स्पेक्टर नेहा सिंह, असिस्टेन्ट सब इन्स्पेक्टर अनिल कुमार शर्मा, प्रमुख हवल्दार अरविन्द द्विवेदी संलग्न रहेको जनाइएको छ ।