अपडेट 
२०८० भाद्र २३, शनिबार १८:३६

६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा उनिहरु पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाए पनि पछि सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । यसका मुख्य अभियुक्त बेल्जियमका नागरिक दावा छिरिङलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले नेपाली नागरिकता लिएको पनि पुष्टि भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News