अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:०२

रौतहटको रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण गर्ने समूहका एक जना पक्राउ परेका छन् ।

साहमाथि बिहीबार राति एक समूहले धारिलो हतियार प्रहार गर्दा उनको टाउकोमा चोट लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साहका छिमेकी पलधारी साहलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । पलधारीसहितको समूहले राति ११ बजेतिर मिश्रीलाललाई हतियार प्रहार गरी फरार भएको ईलाका प्रहरी गंगापिप्राले जानकारी दिएको छ ।

पीडित साहको किटानीको आधारमा पलधारीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घाइतेलाई राति नै पिपरा बजारस्थित वाग्मती हस्पिटलमा लगिएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News