अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:०४

गोपाल सेवा समिति धनुषाले कृष्ण जन्मोत्सव २०८० को अवसरमा विशिष्ठ यदुवंशीहरुलाई सम्मान गरेको छ ।

शनिबार जनकपुरधाको कृष्ण मन्दिरस्थित गोपाल सेवा समितिको कार्यलयमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा धनुषा जिल्लाका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुलाई समितिले सम्मान गरेको छ ।

समितिले सम्मान गरेकाहरुमा मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव, पर्यटन मन्त्री सुनिता यादव, सांसद रामसरोज यादव, रामअशिष यादव, भूपू मन्त्री रामसिंह यादव रहेका थिए । त्यस्तै कमला नगरपालिका मेयर विश्वेश्वर यादव, मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव, मुखियापट्टी मुसहरनीया गाउँपालिकाका अध्यक्ष जय कुमार यादव, गणेशमान चारनाथ नगरपालिकाकाका मेयर जीतनारायण यादव रहेका थिए । त्यस्तै वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व जिल्ला अध्यक्ष वृजकुमार यादवलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सो अवसरमा जिल्ला कार्य समिति धनुषा अध्यक्ष रामबाबू यादव, सचिव राजेन्द्र प्रसाद यादव लगायत सम्पूण समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News