अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:०७

स्वामी सच्चिदानन्द महराजद्वारा जनकपुरधाममा तीन दिवसीय प्रवचन शुरु भएको छ ।

शनिवार देखि जनकपुरधामको मारवाडी सेवा समितिमा शुरु भएको प्रवचनमा सीतालाई जंगल पठाउनुको कारण र लव कुशको जन्मोत्सवको बारेमा उनले प्रवचन दिएका थिए । दिव्य आध्यात्मिक सत्संगको आयोजना तथा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास बैष्णवको संरक्षणमा सो प्रवचन कार्यक्रम आइतबार र सोमबारसम्म चल्ने जनाइएको छ । प्रवचनमा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरी, समाजिक अभियन्ता प्रमोद चौधरी, साधु सन्त, महन्थ लगायत हजारौं जनाको उपस्थिति रहेको थियो । सो अवसरमा वेद, धर्म र अध्यात्ममाथि चर्चा एवम् दिव्य सत्संग भइ रहेको छ । समितिका अध्यक्ष मनराशिसवा नगरपालिकाक प्रमुख मोहन पाण्डेयले सत्संगको लाभ लिन हिन्दुधर्मावल्म्बीहरुलाई आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News