अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:१४

युवा संघ नेपाल धनुषाले शनिबार विदाका दिन अनुमति बिना प्रयोग गरिएको ११ वटा सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाएको छ ।

सरकारी नम्बरको चार पाग्न्रे गाडी, मोटरसाइकल लगायतका सवारी साधनको दुरुपयोग भइरहेको बेला संघले शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म जनकपुरको विभिन्न चोकबाट ती सवारीसाधनहरु नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको छ । जनताले तिरेको करबाट खरिद गरिएका सवारी साधनमा जनताकै कर बाट खरिद गरिएको इन्धन खर्च गरेर सरकारी कर्मचारीहरुले दुरुपयोग गर्ने गरेकाले आफूहरु त्यस्ता सवारीसाधनलाइ नियन्त्रणमा लिइ प्रहरीमा बुझाएको संघका केन्द्रीय सदस्य इद महोम्मद साफीले बताए । उनले यो अभियानलाई आफुहरु अर्को शनिबार पनि जारी राख्ने बताए ।

Comment


Related News

Latest News

Trending News