अपडेट 
२०८० भाद्र २४, आईतवार ०९:२३

जनकपुरधामकी आरती साह रहस्मय मृत्यु प्रकरणमा न्याय माग्दै काठमाण्डुको माइतीघरमा धर्नामा बसेका पीडित पविारले न्यायकालागि निरन्तर दबाब बढाउँदै आएको छ ।

पीडित परिवारलाई न्याय दिन ढिलाई भएको विरोध गर्दै कपाल मुण्डन गरेको धर्नामा बसेकाहरुले जनाएका छन् । न्याय मरिसकेको र हिन्दु धर्म अनुसार मरिसकेपछि नौकेश गरिने प्रतीकात्मक विरोध स्वरुप कपाल मुण्डन गरेको पीडित परिवारले जनाएको छ ।

यता धनुषा प्रहरीले नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको मृत्यु प्रकरणमा उनका ससुरा र श्रीमान्लाई पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतबाटै आदेश हुनेभएकोले यसमा अहिले केही पनि भन्न नसकिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद प्रकाश गौतमले बताए ।

‘झुण्डिएकोअवस्थामा शव फेला परेको आरतीको मृत्यु हत्या हो कि आत्महत्या त्यो कानुनले निर्धारण गर्नेछ र कानुनी कारवाही जिल्ला प्रहरी कार्यालय धनुषाबाट भएको आरोपमा दुई जनालाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाइएको थियो’,घटनालाई नजिकबाट नियालेका सामाजिक अभियन्ता प्रवेश चौधरी भन्छन् । ‘मृतक आरती साहको परिवारले न्याय पाउनु पर्छ भन्नेमा कुनै किन्तु परन्तु, छँदैछैन र सोही अनुसार मुद्दा, पक्राउ लगायतको कानुनी प्रक्रिया सहज रुपमा चलिरहेको थियो’, अभियन्ता चौधरी अगाडि भन्छन् पोष्टमार्टमपछि जब आरतीको शवको सदगति हुन लागेको थियो त्यो बेलामा आरतीको परिवारलाई कानुनी प्रक्रियामा जान सुझाव हामीहरुले नै दिएका थियौं पछि यो घटना फेसबुकको माध्यमले सार्वजनिक भएपछि विभिन्न संचारमाध्यमले समाचार प्रकाशन गरेको थिया े’ उनले प्रष्ट पारे ।

जनकपुरधाममा आरतीलाई न्यायिक प्रक्रियामा सबै हिसाबले सहयोग हुँदा हुँदै पनि काठमाण्डु गएर आन्दोलन गर्नु भनेको प्रहरी अधिकारीहरुमाथि रिसिवी साध्नु बाहेक केही पनि नरहेको उनको ठहर छ । मृतक साहकी बहिनी मनिषा साहले धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेद प्रकाश गौतममाथि पीडितलाई कुटपिट गरेको आरोप लगाउँदै निलम्बनको माग समेत अगाडि बढाएका छन् । यता हुँदै नभएको मिथ्या आरोप लगाएर आरतीले न्याय पाउने कि दोषीलाई कटघरामा ल्याई सजाय भएपछि न्याय पाउने भन्ने प्रश्नसमेत उठ्न थालेको छ । ‘डिएसपीले कुट्यो, थुनेर राख्यो, गुप्ताँगमै लाति हाने जस्ता आरोप लगाउँदै आइए पनि त्यो आरोप निराधार छ’,नेपाली कांग्रेसका युवा नेतासमेत रहेका प्रवेश चौधरीको दावी छ । उनी भन्छन् ,‘जुन प्रकारले एसपी र डीएसपीमाथि आरतीको बहिनी मनिषालाई कुटिएको आरोप लगाइएको छ त्यस हिसाबले घटनास्थलमा रगत बग्नु पर्ने हो, हो प्रहरीले छलफलको बेलाको दृश्य खिच्न रोकेको होला त्यहाँ नरोकिएपछि विवाद भएको हामीले बुझेका छौं हुन सक्छ त्यो बेलामा कुनै प्रहरी जवानले धक्का मुक्कि गरेका होलान् तर आरोप लगाइएको जस्तो केही पनि भएको छैन र सोको प्रत्यक्षदर्शी कोही छैनन ।’

प्रहरीले धनुषाको मिथिलेश्वरका आरतीका मामा सन्तोष कुमार साह कानुलाई जवरजस्ती करणी मुद्दामा पक्राउ गरी कारवाही गरेको छ सोही रिसिवी साध्न प्रहरी अधिकारीहरुमाथि लाञ्छना लगाएर दुई जना अधिकारीद्वयको मात्र होइन सम्पूर्ण प्रहरी संगठनमाथि नै दाग लाग्ने गरी पीडितलाई उक्साउने कार्य भएकोले यस्ता अपराधीको कुरामा नलाग्न पीडित परिवारलाई नेता चौधरीले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाकै कार्यकक्षमै तोडफोड गर्न लागेको भन्दै एसपी खड्काले हामीलाई साँझतिर फोन गरेर जानकारी गराएको राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामकी प्रमुख मञ्जु खतिवडाले बताइन् । उनले भनिन,‘सो घटनामा आयोगमा दुबै पक्षको उजुरी परेको छ तर पहिले घटना हुने बितिक्कै हामीलाई जिल्ला प्रहरी कार्यालयबाटै फोन आएको थियो ।’ अहिले केही संचारमाध्यमा आरतीको बहिनी मनिषालाई जुन हिसाबले कुटपिट गरेको सुनिएको छ घटनाको दिन भने उनको अवस्था त्यति गम्भीर नरहेको प्रमुख खतिवडाले बताइन । तथापि अहिले अनुसन्धान जारी रहेकोले केही पनि भन्न नसकिने उनले स्पष्ट पारिन ।

इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासमानले घटना भएको दिन हामीलाई जिल्ला प्रहरी कार्यालयबाट फोन आएको बताउँदै भने,‘जुन हिसाबले कुटपिट गरिएको आरोप लगाइएको छ त्यसबारे घटना भएकै दिन मनिषाले हामी समक्ष भन्नु पर्ने हो तर त्यस्तो केही पनि भन्नु भएन ।’ ‘प्रहरी कार्यालयमै अभद्र व्यवहार र तोडफोड गरेकोले पीडित दुई जनालाई प्रहरीले थुनेको पनि थियो र मेरै रोहबरमा उनीहरुलाई थुनामुक्त गरेर लगेकोले प्रहरी यदि ज्याददती नै गरेको रहेछ भने पीडित पक्षले भन्नु पर्दथ्यो तर हामीलाई त्यस्तो केही पनि भन्नु भएन’ उनले प्रष्ट्याए । छलफलको क्रममा भिडियो खिच्ने विषयमा प्रहरी जवानहरु संग झोकाझोकको क्रममा धक्का मुक्कि हुन सक्ने स्वभाविक विषय रहेकोले हामीले पनि ठ्याक्कै यहि भएको भनेर अहिले भन्न नसक्ने उनले स्पष्ट पारे ।

मनिषामाथि यदि अन्याय भएको छ भने उनले न्याय पाउनै पर्छ भन्नेमा कुनै दुई मत नरहेको बताउँदै कुनै पनि प्रहरी अधिकारीहरुको मानमर्दन र सम्माननै ठेस पुग्ने गरी आरोप प्रत्यारोप गर्न नहुने सामाजिक अभियन्ता अमित कुमार ठाकुर (मिन्टु)को धारणा छ । हुँदै नभएको कुरा उठाएर कसैको उक्साहटमा आन्दोलन गर्नु र सोही आन्दोलनको आधारमा प्रहरी अधिकारीहरुलाई बदनाम गर्दै जाने हो भने यसले अधिकारीको मनोबल तल खस्नेमा कुनै दुई मत नरहेको कुरा सबैले बुझिदिनु पर्ने आवश्यकता रहेको अभियन्ता मिन्टुको ठहर छ ।

कानुनको पालनकर्ता मात्र नभई पालना गराउनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी अधिकारीहरुले गल्ती गरेको छ भने दोषको भागि हुनै पर्छ बताउँदै जनकपुरधामका युवा अभियन्ता विजेन्द्र मोहन प्रतिहस्त भन्छन्,‘प्रहरी कार्यालय सधैं भीडभाड रहने ठाउँ हो र त्यो ठाउँमा कुनै महिलामाथि निर्घात कुटपिट गरिन्छ र कसैले देख्दैन भन्ने हुँदै हुँदैन । त्यहाँ सयौँ मानिसको भीड हुन्छ कसै नसकैले देख्नु पर्ने हो तर कसैले पनि देखेन भन्ने कुरो आएको त्यसले मनिषाले दिएको अभिव्यक्ति उक्साहटमै दिएको हो भन्ने प्रष्ट छ ।

Comment


Related News

Latest News

Trending News