अपडेट 
२०८० भाद्र २४, आईतवार ११:२८

सर्लाहीको मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा भएको दुई समुदायको झडपपछि प्रशासनले लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ ।

शनिवार दिनभरको अबस्था तनावग्रस्त बनेपछि प्रशासनले शनिवार बेलुका ५ बजेदेखि आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । स्थितिमा केहि सुधार देखिएपछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना जारी गरेका हुन् ।

साविक मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टर बाबा पेट्रोल पम्म) भरि भदौं २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

मूर्ती सेलाउने क्रममा शुक्रबार राती भएको अप्रिय एवम् असमाजिक घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक, जातिय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरिएको छ ।

यस्ते प्रशासनले मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, समाजिक सद्भाव कायम राख्न अनुरोध समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News