अपडेट 
२०८० भाद्र २६, मंगलवार ०७:४७

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको बताएका छन् । सरकारले संविधान दिवस तीन दिनसम्म विशेष उत्सवको रुपमा मनाउने निर्णय गरेको बेला सत्ता साझेदार जसपाका अध्यक्ष यादवले संविधानमा सरकार गठन प्रक्रियामा गंभीर त्रुटि रहेको बताएका छन् ।

‘संविधानमा त्रुटिकै कारण कोशी प्रदेशमा सरकार गठनमा समस्या सिर्जना भएको छ ’उनले भने, सरकार गठनसम्बन्धी ५ चरणसम्मको व्यवस्था राख्नु नै त्रुटि हो । ‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यसखालका घटना सामान्य हुन्’ अध्यक्ष यादवले भने, संसदीय व्यवस्थामा दुई तिहाई नजिक भएका दलहरु पनि धरासायी भए । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– हाम्रो सिस्टममै दोष छ । ‘ हालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ उनले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उनले भने, मन्त्रिमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नु हुँदैन ।’ कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको यादवले बताए । ‘मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्छ ’ उनले भने, भ्रमबस कोही साथीहरु तर्सिनु भएको छ भने त्यहाँबाट मुक्त हुनुपर्छ । मोर्चा र काँग्रेस सहकार्यका साथ अगाडि बढ्छौं,’ यादवले भने ।

Comment


Related News

Latest News

Trending News