२०८० भाद्र २६, मंगलवार १६:०८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

सोमबार दुबईबाट आएको हिमालयन एयरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको हो। एक जनालाई सोमबार पक्राउ गरिएको थियो। अरू दुई जनालाई मंगलबार पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।

सुन विमानस्थलको पार्किङबाट बरामद भएको हो। परिसरले यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ।

Comment

Related News

Latest News

Trending News