
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर भारतको प्राविधिक सहयोगमा एक दिने कृत्रिम हात, खुट्टा नापजाँच शिविर मारवाडी सेवा सदन लहानमा सम्पन्न भएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई कृत्रिम हात खुट्टा नापजाँच गर्न नारायण सेवा संस्थान उदयपुर भारतबाट ९ जना विज्ञ प्राविधिकहरुको टोली आएको थियो । शिविरमा १ सय ४८ जना महिला पुरुषहरुको हात र खुट्टाको नापजाँच गरी लगिएको छ । शिविरमा मधेश प्रदेशका अधिकांश अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कृत्रिम हात खुट्टा डेढ महिनापछि वितरण गरिने मारवाडी युवा संगठनका क्षेत्रीय अध्यक्ष राहुल सिंघानियाले बताए । हात खुट्टा बनाउन समय लाग्ने भएकाले उदयपुर स्थित अस्पतालमा तयार गरी ल्याइने उनले जनाए । मारवाडी सेवा सदन लाहानका अध्यक्ष सुनिल सिंघाचीको अध्यक्षतामा भएको शिविरको रमेश मुरारका मुख्यअतिथि रहेका थिए ।
अतिथिहरुमा मारवाडी सेवा समिति लहानका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय सभापति राहुल सिंघानिया, केन्द्रीय सदस्य चेतन मुरारका, मारवाडी युवा मञ्च लहानका अध्यक्ष राहुल शारडा, कार्यक्रम संयोजक रुपेश खेतान र विवेक अग्रवाल रहेका थिए ।