अपडेट 
२०८० भाद्र २७, बुधबार ०८:५९

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बन्यो ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

Comment


Related News