
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।
मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।
हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।