अपडेट 
२०८० भाद्र २७, बुधबार १४:४१

नेकपा समाजवादी पार्टीका नेता झलनाथ खनालले सरकारले राम्ररी काम गरे टिक्ने नभए यस्तै चलिरहे धेरै दिन नटिक्ने बताएका छन्।

बुधबार जनकपुरधाममा पार्टीको महिला संगठनले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागिता हुन आएका नेता खनालले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै, ‘सरकारको यस्तै रवैया रहे नटिक्न टिप्पनी गरे ।

उनले संघियताका धेरै विषयहरुमा समिक्षा आवश्यक रहेको भन्दै संघियतामा धेरै कारकहरु विकृतीयुक्त र जनतालाई मननपर्ने देखिएकाले त्यसको विषयमा समिक्षा गरि सुधार गर्न आवश्यक रहेको बताए ।

समाजवादी मोर्चाका कारण कांग्रेस शसंकित हुनुपर्ने कारण केहि पनि नरहेको बताउदै पुर्वप्रधामन्त्री समेत रहेका खनालले गठबन्धनलाई मोर्चा भन्दा पनि सरकारबाट जोखिम रहेको बताए । उनले गौर हत्याकाण्डको सम्पुर्ण मुद्दाहरु खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको बताए ।

त्यस्तै, उनले कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि भएको संघातिक आक्रमणको निन्दा गर्दै यस घटनाको गम्भिरतापूर्वक छानबिन गरी दोषीलाई कारबारही गर्नु पर्ने बताए ।

Comment


Related News

Latest News

Trending News