अपडेट 
२०८० भाद्र २९, शुक्रबार ०७:२८

नेपाल विद्युत् प्राधिकरणले विश्वकर्मा पूजाको प्रसाद बाँड्न प्रतिकर्मचारी २ सय रुपैयाँ पूजा खर्च संकलन गर्ने जनाएको छ ।

१ असोज मा हुने विश्वकर्मा पूजालाई दृष्टिगत गरी प्राधिकरणले मातहतका निकायलाई पत्र लेख्दै यस्तो जानकारी गराएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ । प्राधिकरणले बिहान १० बजेदेखि १२ बजेसम्म उपस्थिति भइ टिका तथा प्रसाद ग्रहण गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिएको छ ।

प्रधान कार्यालय, उपत्यका भित्र र उपत्यका बाहरिका कार्यालयका कर्मचारीले पूजा गरी प्रसाद ग्रहण गर्न प्रतिकर्मचारी २ सयका दरले पूजा सञ्चालन गर्नको व्यवस्था मिलाउन समेत प्राधिकरणले निर्देशन दिएको छ ।

Comment


Related News

Latest News

Trending News