अपडेट 
२०८० भाद्र २९, शुक्रबार ०७:५३

जनकपुरधाममा यामाहाकोFZ-S v3 को नयाँ अवतार सार्वजनिक गरिएको छ ।

जनकपुरधामका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जानकी अटो सेन्टरले बिहीबार एक कार्यक्रमकाबीच FZ-S v3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध हुने जानकी अटो सेन्टरका सञ्चालक रञ्जन यादवले बताए । उनले नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस, स्टाइल र उत्साहका विशेषताहरुलाई झल्काउने डिजाइनमा आएकाले युवाहरुले यो मोटरसाइकललाई बढी मन पराउने विश्वास व्यक्त गरे । उक्त संस्करणमा एलइडी लाइटसहित एलइडि डिस्प्ले सिस्टम रहेको उनले बताए ।

फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मितFZ-SF भर्सन ३.० मा एयर–कूल्ड फोर–स्ट्रोक १४९.८८ SOHF, दुई–भल्भ, एकल– सिलिन्डर ईन्धन इन्जेक्टेड इन्जिन माउन्ट गरिएको सञ्चालक यादवले बताए ।

Comment


Related News

Latest News

Trending News